काठमाडौं । नेकपा (एमाले) का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध काठमाडौँ प्रहरी परिसरमा उजुरी परेको छ।

उनीविरुद्ध फौजदारी कसुरमा हुलाक मार्फत उजुरी आएको परिसर प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए।

मुलुकी अपराध संहिता–२०७४ अनुसार उनी विरुद्ध प्रहरीमा फौजदारी कसुरमा जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ। पूर्वमन्त्री बस्नेतमाथि एक महिलाले १५ दिनको भ्रूण हत्या गराएको आरोप लगाइएको स्रोतको दाबी छ।

परिसर प्रमुख खत्रीले हुलाकबाट उजुरी आएकाले त्यसबारेमा अनुसन्धान भइरहेको बताए।

प्रकाशित मिति: २५ चैत्र २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com