काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई तीन दिनभित्र उपस्थित हुन पत्र काटेको छ । राप्रपाले मङ्गलवार गरेको आन्दोलनको क्रममा जथाभाबी फोहोर गरेको भन्दै महानगरले उपस्थितिका लागि पत्र काटेको हो।

‘चैत २७ को पार्टी कार्यालयको प्रदर्शनीको कारण महानगरपालिका क्षेत्रमा फोहोरमैला भएको तथा महानगरपालिका अन्तर्गत प्रदर्शनीमार्ग स्थित ट्राफिक आईल्याण्डमा क्षति पुगेको हुँदा त्यस विषयमा छलफल गर्नुपर्ने भएकाले पत्र प्राप्त भएको मितिले तीन दिन भित्र यस कार्यालयमा उपस्थित हुन जानकारी गराउँदछु,’ महानगरको पत्रमा भनिएको छ।

 

पुतली सडक, भद्रकाली क्षेत्रमा आन्दोलन गर्ने क्रममा राप्रपाका कार्यकर्ताले सौन्दर्यका लागि बनाइएका बाटिका भत्काउने र जथाभाबी फोहोर गरेर सडकलाई कुरूप बनाउने काम गरेका थिए ।

प्रकाशित मिति: २९ चैत्र २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com