काठमाडौं । बिहीबार दिउँसो २ः१५ बजे यति एयर लाइन्स नेपालगन्ज–काठमाडौं नियमित उडान तालिका थियो। तर, झन्डै दुई घण्टा ढिलो गरी ४ः०० बजेतिर उडान भर्‍यो। उडान भरे पनि काठमाडौंको वायु प्रदूषणका कारण एयर ट्राफिक जाम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन सकेन।

३० जना यात्रु लिएर नेपालगन्जबाट उडान भरेको उक्त जहाज पुनः नेपालगन्जमै फर्किएर अवतरण भयो। बुद्धको जहाज पनि १ः२५ बजे उडान भर्नु पर्ने थियो। ढिलो गरी २ः३० मा उडान भरे पनि काठमाडौंमा अवतरण हुन सकेन।

६२ जना यात्रु लिएर नेपालगन्जबाट उडान भरेको जहाज भैरहवामा अवतरण गरेको बुद्ध एयर नेपालगन्जका स्टेशन म्यानेजर विनित शाहले जनाए। ‘विमानमा समस्या आएर उडान प्रभावित भएको होइन,’ उनले भने, ‘काठमाडौंमा दिउँसो आएको हावाहुरीका कारण एयर ट्राफिक जाम हुँदा काठमाडौंमा अवतरण हुन नसकेको हो।’

काठमाडौंमा मौसम सुधारसँगै एयर ट्राफिक खुला भए पुनः उडान हुने उनको भनाइ छ। मौसममा सुधार हुनासाथ उडान सुचारु हुने यति एयरलाइन्सका दिलीप कार्कीले जनाए।

प्रकाशित मिति: २९ चैत्र २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com