मुगु । मुगुस्थित एनआइसी एसिया बैकको शाखा कार्यालयमा तोडफोड भएको छ। गयराति बैंकको मुल ढोका फोडेर  ९ः२१ बजे एकजना व्यक्तिभित्र गएको बैंकको सिसी क्यामारामा देखिएको छ।

उक्त व्यक्तिले बैकभित्र प्रवेश गरेर सुरक्षागार्डले प्रयोग गर्ने जुत्ता र खुकुरी लिएको प्रहरीले जनाएको छ। बैकमा एकजना मात्र सुरक्षाकर्मी भएको र उस्को डिउटी राति ८ बजेसम्म मात्र भएकोले त्यही मौका छोपी अज्ञात व्यक्तिले बैंकको मुल ढोका फोरेको देखिन्छ।

प्रहरीले दिएको जानकारि अनुसार बैंकको ढोका फोरेर सुरक्षागार्डले प्रयोग गर्ने जुत्ता र खुकुरी लिने व्यक्ति बजार घुमिरहने मानसिक अवस्था ठिक नभएको जस्तो देखिने एक युवा भएको र उस्को खोजी भइरहेको छ।

ढोका फोर्ने र जुत्ता खुकुरी चोर्नेबाहेक अन्य कुनै क्षेति नभएकाे प्रहरीले जनाएकाे छ।

 

प्रकाशित मिति: २ बैशाख २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com