काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अब प्रधानमन्त्री बन्ने रुचि नभएको बताएका छन्।

एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै देश ओरालो लागिरहेको बेलामा प्रधानमन्त्रीको कुर्सीमा लडाइँ गर्नु उपयुक्त नहुने बताए।

उनले भने, ‘नयाँ समीकरणमा प्रधानमन्त्रीको कुरा चलेको छ, त्यसबेलै मैले प्रधानमन्त्रीमा आफ्नो रुचि नभएको अहिलेको समीकरण बदल्न चाहेको, प्रधानमन्त्रीको पद धेरै ठूलो कुरा होइन, प्रधानमन्त्रीको पद धेरै महत्त्वपूर्ण पनि हो। त्यसभित्रबाट नेतृत्व गरिन्छ। तर, यतिबेला देश ओरालो लागिरहेको छ हामी प्रधानमन्त्रीको कुर्सीका लागि लडिरहन्छौँ भने प्रधानमन्त्री नभएरै पनि ओरालो लाग्ने क्रमलाई रोक्ने बाटोतिर जाँदैनौँ भने राम्रो हुँदैन।’

प्रकाशित मिति: ३ बैशाख २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com