काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले २७ चैतमा काठमाडौँमा भएको प्रदर्शनका क्रममा प्रहरीको लाठीचार्जबाट घाइते भई उपचारका क्रममा मृत्यु भएका ठाकुरप्रसाद डाँगीलाई शहीद घोषणा गर्न माग गरेको छ ।

राप्रपाले आयोजना गरेको प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्ज गर्दा घाइते भएका बर्दियाका डाँगीको छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा सोमबार मृत्यु भएको थियो । राप्रपाले संविधान प्रदत्त अधिकारको उपभोग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएकाहरुमाथि गरिएको दमन निन्दनीय भएको पनि बताएको छ ।

प्रवक्ता मोहनकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘नागरिकको हत्या गरिनु कायरता र लोकतन्त्रको उपहास हो । स्व. ठाकुर प्रसाद डाँगीलाई शहीद घोषणा गर्न र परिवारलाई क्षतिपूर्ति प्रदान गर्न राप्रपा सरकारसँग माग गर्दछ ।’

२७ चैतमा राप्रपाले काठमाडौँमा गरेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज, पानीको फोहरा र अश्रुग्याँस प्रहार गरेको थियो । त्यस क्रममा करिब ५० जना घाइते भएका र धेरै जना उपचारपछि घर फर्केका श्रेष्ठले जानकारी दिए । उनका अनुसार शल्यक्रिया गर्नुपर्ने छ जना अझै उपचारको क्रममा विभिन्न अस्पतालमा रहेका छन् ।

प्रकाशित मिति: ३ बैशाख २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com