काठमाडौं । आज राम नवमी, भगवान रामको जन्मदिनको सम्झनामा यो पर्व मनाइँदै छ। चैत महिनाको शुक्ल पक्षको नवमी तिथीका दिन मनाइने राम नवमीमा भगवान रामको विशेष पूजापाठ गर्ने गरिन्छ।

प्रख्यात हिन्दू धर्म ग्रन्थ रामायणका अनुसा त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रुपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको थियो।

यो पर्व चैत्र नवरात्रकोबीचमा आउने भएकाले यो दिन भगवान् श्री रामका साथै आदी शक्ति नव दुर्गा देवीको पनि पूजा हुन्छ। त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा जन्मिएका श्रीरामले दानवीय प्रवृत्तिका रावणको अन्त्य गरी जन कल्याण गरिएको सम्झनामा यो पर्व मनाउने गरिन्छ।

हन्दू धर्मावलम्बीहरू रामनवमीका दिन बिहानै नुहाइधुवाइ गरी राम मन्दिरमा गई पूजा आराधना गर्ने गर्दछन्। यसै क्रममा काठमाडौँको बत्तिसपुतलीस्थित राम मन्दिरमा आज  बिहानैदेखि भक्तजनको भीड लागेको छ भने जनकपुरको राम मन्दिरमा पनि विशेष पूजा र आरतीको व्यवस्था गरिएको छ। देशका अन्य राम मन्दिरमा पनि आज भक्तजनको घुइँचो लागेको छ।

सरकारले राम नवमीको अवसरमा आज सार्वजनिक विदा दिएको छ। उता भारतको अयोध्यास्थित राम मन्दिरमा पनि आज विशेष पूजा समारोहको आयोजना गरिएको छ।

प्रकाशित मिति: ५ बैशाख २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com