काठमाडौं । मोरङको विराटनगरमा दुई समूहबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेको छ।

बुधबार रामनवमीको अवसरमा निकालिएको र्‍यालीमा सहभागी दुई समूहबीच विवाद भएको छ। विवाद चर्कँदै गएपछि झडपको स्थिति र्सजना भएको हो।

स्थानीयका अनुसार एक समूहले निकालेको र्‍यालीलाई विराटनगर १५ मा अर्काे समूहले अवरोध गरेपछि झडप सुरू भएको थियो।

प्रहरीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गरेको छ। केही राउण्ड हवाई फायर र केही सेल अश्रुग्याँस पनि प्रहार गरेको मोरङ प्रहरीले जनाएकाे छ। अहिले रानी क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति छ।

प्रकाशित मिति: ५ बैशाख २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com