काठमाडौं । रुस–युक्रेन युद्धका क्रममा मृत्यु तथा घाइते नेपाली युवाका परिवारले सिंहदरबार दक्षिण गेटमा प्रदर्शन गरेका छन् ।

युद्धमा घाइते नेपालीको उपचार र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीलाई स्वदेश फर्कने वातावरण बनाउनुपर्ने माग राख्दै उनीहरूले बिहीबार सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेका थिए ।

उनीहरूको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले केहीलाई पक्राउ गरेको छ । रुसी सेनामा रहेका नेपालीलाई स्वदेश फर्काउनुपर्ने, बन्दी बनाइएको रिहाइको पहल गर्न माग गर्दै उनीहरूले लगातार सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

प्रकाशित मिति: ६ बैशाख २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com