सिन्धुपाल्चोक । दोलखाबाट जन्ति बोकेर सिन्धुपाल्चोकको पिस्करतर्फ जाँदै गरेको बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ५२ जना जन्ति घाइते भएका छन् ।

दोलखाको भीमेश्वर नगरपालिका-१ सुस्पाक्षमावतिबाट बेहुला सहित ५५ जना बोकेर पिस्कर हिंडेको बस शुक्रबार बिहान तौथली बुलबुलेमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परेर ५२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता निरन्जन भट्टराईका अनुसार रोलवालिङ यातायातको बा४ख ५६१६ नम्बरको बस तौथली बुलबुलेको सडक भन्दा अन्दाजी १०० मिटर तल खसेको छ ।

दुर्घटनामा घाइते भएकाहरुलाई खाडीचौरस्थित सिन्धु सदाबहार अस्पताल लगिएको छ । मृतकको भने पहिचान भैसकेको छैन । दुर्घटनाको कारणबारे अध्ययन भइरहेको प्रहरी प्रवक्ता भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति: ७ बैशाख २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com