काठमाडौं । इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट ड्युटीमा रहेका प्रहरीको पेस्तोल हराएको छ । आइतबार मध्यरातमा गाँजा तस्करी हुँदै छ भन्ने सूचना पाएको प्रहरी अमलेखगन्जबाट उत्तरतर्फको जंगलमा जाने क्रममा वरिष्ठ सइ पूर्ण बिसीले बोकेको अटोमेटिक पेस्तोल हाराएको हो ।

१० राउन्ड गोली भरिएको पेस्तोल हराएको हो। ड्युटीमा खटिएका सुरक्षाकर्मीबाटै हतियार हराएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

‘प्रहरीलाई आएको विशेष सूचनाको आधारमा अनुसन्धान गर्न गएका वरिष्ठ सइ बिसीले बुझेर लगेको पेस्तोल हराएको हो, पेस्तोलको खोजीकार्य भइरहेको छ,’ प्रहरी नायब उपरीक्षक दधिराम न्यौपाने भने ।

प्रकाशित मिति: ११ बैशाख २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com