काठमाडौँ । गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काम गर्न नसकेको खण्डमा सरकारमा टाँसिएर नबस्ने बताएका छन् । डेट मात्रै लेख्न मिल्ने गरी राजीनामा पत्र झोलामा बोकेर हिँडेको उनले दाबी गरेका हुन् ।

इलाम–२ मा आयोजित चुनावी सभामा बोल्दै लामिछानेले आफ्नो पार्टीका मन्त्रीहरूले १०० दिनमै उल्लेख्य उपलब्धि हासिल गर्ने पनि बताए ।

‘काम गर्न नसकेको दिनमा, काम गर्न नपाएको दिनमा सरकारमा टाँसिएर झुन्डिएर बस्ने हाम्रो स्वभाव होइन । काम गर्न पाइएन भने डेट मात्र लेख्न मिल्ने गरेर राजीनामा खल्तीमा बोकेर हिँडेका छौँ हामी सबै मन्त्रीहरू । जुको टाँसिएझैँ टाँसिने र प्रधानमन्त्रीले गलहत्त्याएर निकाल्नुपर्ने अवस्था रास्वपाको हुँदैन’ लामिछानेले भने ।

प्रकाशित मिति: ११ बैशाख २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com