काठमाडौं । अदालतको अवहेलना मुद्दामा सिधाकुरा अनलाइनलाई अडियो उपलब्ध गराउने व्यक्तिलाई उपस्थित गराउन सर्वोच्चले आदेश दिएको छ।

अडियोको स्रोत भनिएका ललितपुरको गोदावरी बस्ने राजकुमार तिमिल्सिनालाई बयानका लागि अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले भनेको हो।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको संयुक्त इजलासले तिमिल्सिनालाई बयानका लागि २३ गते बिहान १० बजे अदालतमा उपस्थित गराउन आदेश गरेको छ।

यसैगरी, सिधाकुरा अनलाइनका प्रकाशक युवराज कँडेलको बयान बिहीबार सम्पन्न भएको छ। आज अदालतमा उपस्थित भएका नवीन ढुंगानाको बयान नसकिएकाले हेर्दाहेर्दैमा राखी  २१ गते १० बजे उपस्थित गराउन  भनिएको छ।

 

प्रकाशित मिति: २० बैशाख २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com