काठमाडौं । नेपाल र कतारबीच द्वीपक्षीय बैठक जारी छ। नेपाल भ्रमणमा रहेका कतारका राजा कतारका राजा शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता सकिए लगतै दुबै मुलुकबीच द्वीपक्षीय बैठक सुरु भएको हो।

बैठकमा नेपाल र कतारको सरकारी समाचार एजेन्सी, महान्याधिवक्ताको कार्यालय र इन्स्टिच्युट अफ फरेन अफेयर्ससँग सम्बन्धित विषयमा तालिम र सहयोग आदान प्रदान लगायतका विषयमा छलफल भइरहेको बुझिएको छ।

बैठक लगतै कतारसँग ६ वटा एमओयुमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: १२ बैशाख २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com