काठमाडौं । चौधरी ग्रुप (सिजी)ले हिरो ब्रान्डका मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्री–वितरण सुरु गरेको छ ।

कम्पनीले आइतबार एक कार्यक्रमबीच हिरोका चारवटा मोडल सार्वजनिक गर्दै दुईपांग्रे बिक्री सुरु गरेको हो । हिरो मोटोकर्पले नेपाली बजारका लागि चौधरी ग्रुपसँग साझेदारी अगाडि बढएसँगै सिजी मोटर्सले हिरोका एक्स पल्स २०० फोरभी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस र जुम ११० (स्कुटर) सार्वजनिक गरेको छ ।

चौधरी ग्रुपसँगको सहकार्यसँगै हिरो मोटोकर्पले आफ्नो आक्रामक बजार विस्तार योजना पनि घोषणा गरेको छ । जसले नेपालमा हिरो मोटोकर्पको उपस्थिति झनै दरिलो बन्ने कम्पनीको विश्वास छ । सिजी मोटर्सले काठमाडौंमा हिरोको फ्ल्यागसिप सोरुमसमेत खोलिसकेको छ ।

सिजी मोटर्सले हिरोको बिक्री सुरुवातसँगै नवलपरासीको सिजी इन्डस्ट्रियल पार्कमा एसेम्बली प्लान्ट पनि सञ्चालनमा ल्याएको छ । यसको वार्षिक एसेम्बल क्षमता ७५ हजार युनिट रहेको बताइएको छ । प्लान्ट नेपालको मध्यभागमा रहेको हुँदा हिरोका उत्पादनहरू देशभर उपलब्ध गराउन सहज हुने अपेक्षा लिइएकोछ ।

प्रकाशित मिति: १२ बैशाख २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com