काठमाडौं । लामो समयसम्म विद्युतको महसुल नतिरेपछि नेपाल विद्युत प्राधिकरणले ग्यालेक्सी फोके टेलिभिजनको विद्युत लाइन नै काटिदिएको छ ।

विद्युतको लाइन काटिएपछि टेलिभिजनका प्रतिनिधिहरुले सीडीओलाई पत्र लेख्दै टेलिभिजनको शान्ति सुरक्षाको व्यवस्था गरिदिन आग्रह गरेका छन्। उनीहरुले विद्युत नहुँदा टेलिभिजनको प्रशारण अवरुद्ध हुने मात्र नभई टेलिभिजनमा अवाञ्छित घटना हुनसक्ने भन्दै सीडीओलाई पत्र लेखेका हुन्।

टेलिभिजनका मालिक जिबि राई नै सहकारी ठगी प्रकरणमा फरार छन्। साथै टेलिभिजनको जिम्मा लिएका कुमार रम्तेल जेल परेपछि टेलिभिजनले गीत मात्र प्रशारण गर्दै आएको थियो । टेलिभिजनमा लामो समयदेखि गीत मात्र बजिरहेको छ । नियमित प्रशारण रोकेको टेलिभिजनले करिब एक सय कर्मचारीहरुलाई तलव दिन बाँकी छ ।

प्रकाशित मिति: १४ बैशाख २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com