काठमाडौं । सिधाकुराका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना विरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ।
सिधाकुराले प्रकाशित गरेको सिधाकुरा ‘द डार्क फायल’ समाचारले अदालतको अवहेलना गरेको र न्याय सम्पादनमा असर गरेको भन्दै सर्वोच्च अदालतमा आइतबार अवहेलना मुद्दा दायर भएको हो।
सिधाकुराबाट प्रकाशित सामाग्रीका कारण अदालतको मानहानी गरेको, न्याय सम्पादनमा अवरोध गराएको जस्ता आरोप लगाउँदै सर्वोच्च अदालतका उप रजिष्ट्रार एवम् सूचना अधिकारी गोविन्द प्रसाद घिमिरेले सर्वोच्च अदालतमा प्रतिवेदन पेश गरेका हुन् ।
प्रकाशित मिति: १७ बैशाख २०८१, सोमबार
प्रतिक्रिया