काठमाडौं । चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीले वाई वाई चाउचाउ विश्वभर लोकप्रिय नेपाली स्वादका रुपमा स्थापित हुँदै जाँदा देशभित्र नियोजित प्रोपागाण्डा चलाइएको बताएका छन् ।

ओसिएको वाई वाई चाउचाउको गुणस्तरलाई लिएर काठमाडौं महानगरले जरिवाना तिराएपछी विभिन्न टीका-टिप्पणी भइरहेका बेला वक्तव्य जारी गर्दै चौधरीले विश्वभर ४० देशमा यसको ब्राण्ड बनिसकेको र अन्य देशमा फैलिँदै गरेको बताएका छन् ।

‘चौधरी समूहविरुद्ध झूटा प्रचार गर्ने प्रवृत्तिहरू देखिएका छन् । जसमा वाइ वाइलाई निशाना बनाइएको छ।’ उनी भन्छन्, ‘अचम्मकै कुरा भन्नुपर्छ, वाइ वाइ विश्वभर लोकप्रीय नेपाली स्वादका रुपमा स्थापित हुँदै जादा हाम्रो आफ्नै देशमा यस्तो प्रोपागान्डा किन हुन्छ ? हामी आफ्नो गुणस्तर र प्रमाणित मापदण्डप्रति दृढ छौं।’

उनले चौधरी ग्रुप आफ्नो गुणस्तर र प्रमाणित मापदण्डप्रति दृढ रहेको भन्दै नेपाली पहिचानको रुपमा विश्वव्यापी ब्राण्ड बनेको वाई वाईलाई बदनाम गर्ने प्रवृत्तिको भ्रममा नपर्न उपभोक्तालाई आग्रह समेत गरेका छन् ।

उनको वक्तव्यमा भनिएको छः

वाई वाई, नेपालको गौरव र विश्वभर ४० देशहरूमा प्रिय ब्राण्ड बनिसकेको छ र यो अझै विश्वका अन्य देशहरुमा फैलिँदै गएको छ ।

हालै जब हामीले आईपीओमा जाने घोषणा गर्यौ, त्यसपछि वाइ वाइ ब्राण्डलाई बदनाम गर्ने प्रयासस्वरुप केही गलत हर्कतहरु भइरहेका छन् भन्नेमा कुनै शंका छैन । चौधरी समूहविरुद्ध झूटा प्रचार गर्ने प्रवृत्तिहरू देखिएका छन् ।जसमा वाइ वाइलाई निशाना बनाइएको छ।

हामीले पटक पटक भनेका छौं कि वाइ वाइले उच्चतम गुणस्तरीय मापदण्डहरू पूरा गर्दै उपभोक्ताको स्वास्थ्यप्रति सदैव गम्भीर छ । खाद्य प्राविधिज्ञहरूले वाइ वाइको गुणस्तर नियमित जाँच गर्ने गरेका छन् ।

अचम्मकै कुरा भन्नुपर्छ, वाइ वाइ विश्वभर लोकप्रीय नेपाली स्वादका रुपमा स्थापित हुँदै जादा हाम्रो आफ्नै देशमा किन यस्तो प्रोपागान्डा किन हुन्छ रु हामी आफ्नो गुणस्तर र प्रमाणित मापदण्डप्रति दृढ छौं।

नेपाली पहिचानकै रुपमा विश्वव्यापी ब्राण्डलाई बदनाम गर्ने प्रवृत्तिबाट कसले के प्राप्त गर्छ, त्यो उनैले जानून । त्यसैले आम उपभोक्तालाई भ्रममा नपर्न आग्रह गर्दछौं र यदि कसैलाई हाम्रा कारखानामा भ्रमण गर्न मन भए स्वागत गर्दछौं ।

 

प्रकाशित मिति: १७ बैशाख २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com