काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले इलाम २ को उपनिर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्न कार्यकर्तालाई आग्रह गरेका छन्।

उनले चुनाव जित्न नसकिए पनि सिक्न सकिएको बताए । उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘कुनै ईफ, बटको सहारा नलिई सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढङ्गले अभिव्यक्त हुन सबै सदस्यहरुमा अनुरोध छ।’

लामिछानेले इलाम २ को उपनिर्वाचनमा एमाले उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएकोमा हार्दिक बधाई ज्ञापन पनि गरेका छन्।

‘हामीलाई मत दिनु हुने र मत सँगै ठुलो सन्देश दिनु हुने सबै प्रति आभारी छु’, लामिछानेको भनाइ छ । यस्तै रास्वपा उम्मेदवार मिलन लिम्बु लगायत निर्वाचनमा अहोरात्र खट्ने सिङ्गो पार्टी पङ्क्तिलाई पनि लामिछानेले धन्यवाद दिएका छन् ।

प्रकाशित मिति: १८ बैशाख २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com