काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका सचेतक ज्ञानेन्द्र शाहीले भ्रष्टाचारका फाइल खोल्ने कुरालाई बार्गेनिङ नगर्न गृहमन्त्री रवि लामिछानेलाई सुझाव दिएका छन्।

संसद् भवन परिसर नयाँ बानेश्वरमा शुक्रबार दिउँसो पत्रकारहरूसँग कुरा गर्दै राप्रपा सांसद शाहीले मिडियामा हल्ला नगरी भ्रष्टाचारका फाइल खोल्न आग्रह गरेका हुन्।

‘फाइल खोल्ने कुरा मिडियामा नबोलौं । सहकारीको काण्ड लुकाइदिएमा आरजु देउवा र छोराको फाइल खोल्दिन भन्ने खालको बार्गेनिङ नगरौं’, शाहीले भने।

उनले गृहमन्त्रीलाई संसद्‌मा बोल्न दिनु पर्ने पनि बताए।

प्रकाशित मिति: ४ जेष्ठ २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com