काठमाडौं । अभिनेत्री पूजा शर्मालाई सोमबार जन्मदिन मनाउने व्यस्तता दिनभर रह्यो । उनले धेरै ठाउँमा पुगेर जन्मदिन सेलिब्रेसन गरिन् । प्रेमी युद्ध बानियाँले पनि केक खुवाएर बर्थडे ‘विस’ गरे ।

अन्यभन्दा फ्यानसँग उनको जन्मदिन सेलिब्रेसन विशेष रह्यो । फ्यानले सुनको बाला उपहार मात्र दिएनन्, फूलैफूलको वर्षासमेत गराए । पूजा र युद्धको फोटो समावेश लकेट पनि उपहार दिए ।

जन्मदिन मनाउँदै गर्दा पूजाले मिडिया कुराकानीमा आफ्ना भावना र विचार पनि साटेकी छन् । संगत राम्रो मान्छेसँग गर्नुपर्ने रहेछ भन्ने ठूलो पाठ आफूले बितेको वर्ष सिकेको उनले बताइन् । यसलाई लिएर आफूमा पश्चाताप रहेको पनि उनको भनाइ छ ।

 

प्रकाशित मिति: १८ बैशाख २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com