वीरगन्ज । नबिल बैंकको वीरगन्जको बाइपास रोडमा रहेको शाखाबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको छ । बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको छ ।
आइतबार राति बैंकको ताल्चा फुटाई चोर भित्र प्रवेश गरेका थिए । प्रहरीका अनुसार वेल्डीङ गर्ने मेसिनले टिनको बक्सा काटेर पैसा चोरी गरेको देखिएको छ ।

प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाका अनुसार चोरले टिनको बक्सा फुटालेर एक सय र बीस रुपैयाँको नोट चोरेका हुन् । ‘बैंकको भल्ट सुरक्षित नै छ,’ पर्सा प्रहरी प्रवक्ता समेत रहेका थापाले भने, ‘सय र बीसको नोट राखिएको टिनको बक्सा काटेर पैसा चोरी भएको देखिएको छ ।’ अनुसन्धानमा खटिएका प्रहरीका अनुसार चोरले ४/५ वटा बोरामा हालेर पैसा लगेका छन् । बैंकको ताल्चा फुटाएका चोरले चोरी गरि फर्किने क्रममा गेटमा नयाँ ताल्चा लगाइदिएका थिए ।

सोमबार बिहान बैंकको गार्डले ताल्चा खोल्दा नयाँ ताल्चा लगाइएको पाएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीको रोहबरमा नयाँ ताल्चा खोलेर बैंक भित्र प्रवेश गर्दा पैसा चोरी भएको पाइएको थियो । सोमबार चोरी भएको पैसा एकिन गरि बैंकले प्रहरीमा जाहेरी दिएको हो । डीएसपी थापाका अनुसार प्रहरीले बैंकमा भएको चोरीको घटनाको सम्बन्धमा अनुसन्धान अगाडि बढाएको छ ।

प्रकाशित मिति: १८ बैशाख २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com