काठमाडौं । वाइवाइ चाउचाउका प्रमुख कार्यकारी निर्देशक प्रदीप पुडासैनीले वाइ वाइ चाउचाउको बारेमा तथ्यहीन र भ्रामक कुरा लेख्ने तथा भिडिओ बनाएर सामाजिक सञ्जालमा हाल्नेहरुविरुद्ध कानूनी कारबाहीमा जाने चेतावनी दिएका छन्।

प्रमुख कार्यकारी निर्देशक पुडासैनीले वाइवाइको गुणस्तरबारे सरकारले जतिबेला पनि अनुगमन र नियमन गर्ने र त्यो प्रक्रिया पनि सधैँ चलिरहेको भन्दै गलत प्रचार स्वीकार्य नहुने बताए।

ग्लोबल नागरिकसँगको कुराकानीमा पुडासैनीले भने, ‘वाइ वाइ प्रती भईरहेका टिकाटिप्पणी मिथ्या हुन्। तथ्यहिन भ्रामक कुरा लेख्ने र भिडिओ बनाएर सामाजिक संजालमा हाल्नेहरु बिरुद्ध कानुनी कार्वाहीमा जान्छौं।’

पुडासैनीले जारी गरेको वक्तव्यमा भनिएको छ, – ‘वाइ वाइ चाउचाउको गुणस्तरका विषयमा आधारहीन,भ्रामक र तथ्यहीन कुराहरू लेख्ने,बोल्ने र भिडियो बनाएर पोष्ट गर्ने कार्य पूर्णतया गैरकानूनी कार्य हो । यस्तो काम गर्नेहरुविरुद्ध प्रचलित कानून बमोजिम कारबाही गरिने जानकारी गराइन्छ।’

प्रकाशित मिति: १८ बैशाख २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com