काठमाडौं । नबिल बैंकको वीरगन्ज शाखाबाट एक सय दरका करिब १ करोड ३४ लाख नोट चोरी गर्ने एउटा समूहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार सोमबार बिहान अज्ञात समूहले बैंकमा आएर चोरी गरेपछि प्रहरीले त्यो समूहलाई अहिले साँझसम्म ३ जनालाई नेपाल र एक जनालाई भारतमा नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ।

पक्राउ पर्नेमा रौतहटमा सञ्जय जैसवाल र छोटेलाल जैसवालसहित तीन नेपाली नागरिक रहेका छन् भने भारतको घोडासनमा मण्टु पासवान नाम र अर्को व्यक्ति पक्राउ परेका छन्। यो विषयमा पर्सा प्रहरीले केही बताएको छैन।

प्रकाशित मिति: १९ बैशाख २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com