काठमाडौँ । डढेलो तथा आगलागीका कारण काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू-भागमा प्रदूषण बढेको छ। ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार शनिबार बिहान काठमाडौँको वायु गुणस्तर सूचकांक २०२ पुगेको छ ।

शनिबार काठमाडौँ विश्वको प्रदूषित शहरको सूचीमा दोस्रो नम्बरमा सूचीकृत छ। पानी नपरुन्जेल र हावाको मात्रा नबढुञ्जेलसम्म प्रदूषण हट्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि आगामी सोमबार भने पश्चिमी वायुको प्रभावले उपत्यकामा वर्षाको सम्भावना रहेकाले प्रदूषण केही मात्रा हट्ने महाशाखाका मौसमविद् सरोज पुडासैनीले बताए।

प्रकाशित मिति: २२ बैशाख २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com