काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह फ्रान्स प्रस्थान गरेका छन्। कान्स फिल्म फेस्टिभलमा सहभागी हुनुका साथै उनी विभिन्न कार्यक्रममा पनि सहभागी हुनेछन्।

उनका निजी सचिवालयका अनुसार मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग भेटवार्तासहित फेस्टिभलको रेडकार्पेट र प्रिमियर कार्यक्रममा पनि उनी सहभागी हुनेछन्।

१२ दिनसम्म चल्ने फेस्टिभलमा सहभागी हुन गएका मेयर शाह ३ दिन कार्यक्रममा सहभागी भएर जेठ ७ गते स्वदेश फर्किनेछन्। उनको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनको आयोजना हुनेछ।

प्रकाशित मिति: १ जेष्ठ २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com