कञ्चनपुर । कञ्चनपुरका एक बालिकामाथि जबरजस्ती करणीमा वृद्ध पक्राउ परेका छन् । १२ वर्षीया बालिका जबर्जस्ती करण आरोपमा बेलौरी भकुण्डाका ६१ वर्षीया वृद्ध पक्राउ परेका हुन् ।

बालिका करणीविरुद्धमा उजुरी परेपछि बेलौरी नगरपालिका ५ भकण्डाका रामज्ञान चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीले वृद्धविरुद्ध प्रहरीमा उजुरी परेपछि बेलौरीबाट चौधरीलाई पक्राउ गरिएको बताए ।

नातिनी सरहकी बालिका बलात्कार आरोपको यो घटनाले अझैपनि बालिका, किशोरी, महिलामाथि यौनजन्य हिन्सा निर्मुल भएको नागरिक समाजले चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति: ५ जेष्ठ २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com