सुर्खेत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले सदनमा उठेको प्रश्नको उत्तर सदनमै दिने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापतिसमेत रहेका मन्त्री अर्यालले शनिबार सुर्खेतमा पत्रकारहरुसँग कुरा गर्दै रवि लामिछानेमाथिको आरोप १०० प्रतिशत निराधार रहेको बताए।

Advertisement
Advertisement

आफूहरुले सबै सहकारीको समस्याका बिषयमा एकमुष्ट समाधान खोजौँ भने पनि प्रमुख प्रतिपक्ष कांग्रेसले सहकारी समस्यामा उपप्रधान एवं गृहमन्त्री रहेका आफ्ना सभापति रवि लामिछानेकै संग्लनता भए जसरी आरोप लगाएको उनको भनाइ छ।

सभापति लामिछानेमाथिको आरोप निराधार रहेको भन्दै अर्यालले कांग्रेसले सदनबाट लगाएको आरोपको जवाफ आफूहरुले सदनबाटै दिने बताए।

प्रकाशित मिति: ५ जेष्ठ २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com