काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्ना कर्मचारीलाई अनाहकमा अपमान गरे सहेर नबस्ने चेतावनी दिएका छन् । फोहोर बोक्ने गाडीका चालकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेपछि सामाजिक सञ्जालमार्फत उनले यस्तो चेतावनी दिए ।

‘पक्राउ परेका चालकहरूलाई ससम्मान छाडेको खबर पाए । जोकोहीले यत्ति बुझ्नुहोला, पदमा तलमाथि होला, भूमिकामा तलमाथि होला । तर, नियम–कानुन र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरवासीको आत्मसम्मान हुन्छ । त्यसमा कसैले सम्झौता गर्न पाइँदैन । महानगर यसमा संवेदनशील छ,’ सामाजिक सञ्जालमा उनले लेखेका छन् ।

मेयर बालेनले आफ्नो कर्तव्य निभाइरहेका कुनै कर्मचारीलाई अनाहकमा अपमान गरे महानगरले नसहने भन्दै बुझेर कदम चाल्न केन्द्र सरकारलाई चुनौती दिएका छन् ।

प्रकाशित मिति: ८ जेष्ठ २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com