काठमाडौँ । भारतको राजधानी दिल्लीस्थित एक बाल अस्पतालमा आगलागी हुँदा कम्तीमा ६ जना नवजात शिशुको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । शनिबार राति पूर्वी दिल्लीको विवेक बिहारस्थित एक बेबी केयर सेन्टरमा आगलागी भएको हो ।
अधिकारीहरूका अनुसार १२ नवजात शिशुलाई भने बचाइएको छ । त्यस्तै ६ जनाको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । आगलागीको कारण अहिलेसम्म नखुलेको अधिकारीहरूले जनाएका छन् ।
प्रकाशित मिति: १३ जेष्ठ २०८१, आइतबार
प्रतिक्रिया