एजेन्सी । दक्षिणी मेर्सिन प्रान्त टर्कीमा आईतवार भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन्।
टर्कीका गृहमन्त्री अली येर्लिकायाका अनुसार मेरसिनको भूमध्यसागरीय शहर नजिकैको टार्सस जिल्लामा एउटा इन्टरसिटी यात्रुवाहक बस, ट्रक र कारहरू चेन दुर्घटनामा परेका थिए।
वर्षाका कारण बस चिप्लिएर दुर्घटना भएको बताइएको छ।
प्रकाशित मिति: १४ जेष्ठ २०८१, सोमबार
प्रतिक्रिया