काठमाडौँ । भारतको नयाँ प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त भएका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार राष्ट्रपति द्रौपदी मुर्मूले मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

यसअघि शुक्रबार बिहान बसेको एनडीए सांसदहरूको बैठकले मोदीलाई दलको नेतामा चयन गरेको थियो ।

राष्ट्रपतिसँग भेटपछि मोदीले भने, ‘राष्ट्रपतिजीले मलाई बोलाउनु भएको थियो र मलाई नवनिर्वाचित प्रधानमन्त्रीका रूपमा काम गर्न नियुक्त दिनुभयो ।’ शुक्रबार  एनडीए नेताहरूले राष्ट्रपतिलाई समर्थन पत्र बुझाएका थिए । राष्ट्रपतिलाई बुझाएको पत्रमा नरेन्द्र मोदी संसदीय दलको नेतामा निर्वाचित भएको उल्लेख गरिएको छ ।

मोदीले आइतबार प्रधानमन्त्रीको शपथ लिने भएका छन् ।

प्रकाशित मिति: २५ जेष्ठ २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com