काठमाडौँ । प्रतिनिधि सभा सदस्य महिन्द्र राय यादव नेपाल समाजवादी पार्टीबाट निष्कासित भएका छन् । पार्टीले यादव लगायतहरुलाई पदबाट हटाएको सूचना निर्वाचन आयोगमा अद्यावधिक भएको हो ।
नेपाल समाजवादी पार्टीले आइतबार एक विज्ञप्ति जारी गरी पार्टीको विधान विपरितका गतिविधिमा लागेको उनीहरूलाई पार्टीबाट हटाउने निर्णय गरेको थियो । विज्ञप्ति अनुसार सांसद यादव सहित प्रदेश सांसद गङ्गानारायण श्रेष्ठ, रमेशप्रसाद यादव लगायतहरुलाई सदस्यबाट हटाइएको हो ।
प्रकाशित मिति: ३ असार २०८१, आइतबार
प्रतिक्रिया