काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चलाएको मन्त्रालयमा भ्रष्टाचार नहुने दाबी गरेका छन् ।

रास्वपाका सभापति समेत रहेका लामिछानेले शुक्रबार पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै यस्तो दाबी गरेका हुन् ।

उनले जनताको अपेक्षा पूरा गर्न आफूहरूले पूरै इमान्दार भएर कोसिस गरिरहेको जिकिर गरेका छन् । उनले भने, ‘जनताको अपेक्षा असाध्यै धेरै ठूलो छ । जुन पूरा गर्न हामी मिहिनेत र लगनका साथ लागेका छौँ । तर वर्षौंदेखिको बेथिति चिर्न केही समय लाग्छ नै ।’
सरकारमा गएको भर्खरै एक सय दिन पुगेको र यो बीचमा मन्त्रालय चलाउने बलियो आधार बनेको लामिछानेले बताए । उनले भने, ‘मन्त्रालयमा हामीले गरिरहेको काम हेरिरहनु भएको होला । हामी पक्कै फरक छौँ । हाम्रो मन्त्रालयमा भ्रष्टाचार हुँदैन भन्ने कुराको निश्चिन्तता, ग्यारेन्टी दिनसक्छौं ।’

प्रकाशित मिति: ८ असार २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com