काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकास र समृद्धिका लागि दुई दलीय व्यवस्था आवश्यक रहेको बताएका छन्।

दाङका कम्युनिष्ट नेता श्रीमणि आचार्यको सालिक अनावरण समारोहमा सहभागी हुन दाङ आएका उनले धेरै राजनीतिक दल हुँदा अस्थिरता बढ्ने भन्दै विकास र समृद्धिका लागि दुई वटा दलमात्रै हुनुपर्ने बताए।

‘धेरै राजनीतिक दल भए अस्थिरता बढ्छ’, महासचिव पोखरेलले भने, ‘जति धेरै दल रहन्छन्, त्यति धेरै अस्थिरता बढ्छ । त्यसैले दुई दलीय व्यवस्था नै उपयुक्त हुन्छ।’

नयाँ दलले देशलाई निकास दिन नसक्ने भन्दै उनले पुरानै दलमा सुधार खोज्नुपर्ने बताए । ‘नयाँ दलबाट केही हुँदैन’, उनले भने, ‘पुराना दलमा भएको खराब प्रवृत्तिलाई सुधारेर अघि बढेमात्रै देशको प्रगति सम्भव छ।’

महासचिव पोखरेलले आजै तुलसीपुर उपमहानगरपालिका-११ मालेडाँडामा राखिएको दाङका संस्थापक कम्युनिष्ट नेता स्वर्गीय श्रीमणि आचार्यको सालिक अनावरणसमेत गरेका छन् ।

प्रकाशित मिति: ९ असार २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com