बुटवल : रुकुम पुर्वको पुथा उत्तरगंगा गाउँपालिका-११ कि एक महिलालाई अपहरण गरी हत्या गरेको अभियोगमा एक जना जनप्रतिनिधिसहित ३ जना माओवादी केन्द्रका कार्यकर्ता पक्राउ परेका छन्।                                        बैशाख १९ गते स्थानीय टक्सेरा गाउँमा निर्वाचन प्रचार प्रसारका क्रममा विवाद भएपछि विवाद मिलाउन पुगेकी स्थानीय एमालेकी कार्यकर्ता ३९ वर्षीय डुथी बुढा भन्ने जुङमाया बुढालाई माओवादी कार्यकर्ताहरुले अपहरण गरेर लगेका थिए।

अपहरणमा परेकी बुढालाई खोज्ने क्रममा  टक्सेरा देखि करिब ४ किलोमिटर माथि जंगलमा कानमा रगत बगेको र निवस्त्र अवस्थामा मृत फेला पारिएको रुकुम प्रहरीले जनाएको छ ।                                              मृतक बुढाको माओवादी केन्द्रका उम्मेदवार र वडा अध्यक्ष लगायतले बलत्कार गरी बिभत्स ढंगले हत्या गरेको एमाले पोलिटब्युरो सदस्य माधव शर्माले बताएका छन् ।

रुकुम प्रहरी ले वडा अध्यक्ष जयकुमार बुढा, उनका भाई अर्जुन बुढा र नेकपा माओवादी केन्द्रको तर्फबाट उक्त वडामा अध्यक्ष पदमा उम्मेदवार बनेका कुमार सिंह बुढा लाई नियन्त्रणमा लिएको छ ।                                                            नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धन भएको पुथा उत्तरगंगामा नेकपा माओवादी केन्द्रसँग समय समयमा विवाद उत्पन्न हुने तथा दुई समूहबीच झडप हुने हुँदै आएको स्थानीय बताउँछन् ।मृतक जुङमाया बुढाको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पोष्टमार्टमका लागि ल्याइएको छ।

प्रकाशित मिति: २८ बैशाख २०७९, बुधबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 GlobalNagarik All rights reserved. | Website by Appharu.com