काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले पार्टी गम्भीर बिरामी भएको भन्दै सर्जरी गर्नुपर्ने निश्कर्ष निकालेका छन् ।
साथै तत्काल सर्जरी नगरे ०८४ को चुनावमा राष्ट्रिय पार्टी बन्न पनि कठिन रहेको निश्कर्षसहितको प्रतिवेदन बुधबार सभापति रवि लामिछानेलाई बुझाएका छन् ।
इलामको उपचुनावमा पार्टी उम्मेदवारले जमानत पनि जोगाउन नसकेपछि रास्वपाले देशभर सुझाव संकलन गरेर प्रतिवेदन बुझाउन महामन्त्री ढकाललाई जिम्मा दिएको थियो ।
विभिन्न ३८ जिल्लामा तीन हजार भन्दा बढी व्यक्तिसँग प्रत्यक्ष अन्तर्क्रिया गरेका ढकालले रास्वपामा कालो बादल मडारिएको र त्यसलाई हटाउन जरुरी रहेको बताए । ‘घण्टी निलो छ, तर बादल मडारिएका कारण घण्टी कालो देखिएको छ । बादल हटाउन हामीले केही कुरा गर्नुपर्नेछ’ उनले भने ।
सभापति लामिछानेलाई बुधबार साँझ गृह मन्त्रालयमा प्रतिवेदन बुझाएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले अहिले नै चुनाव भए रास्वपाले अहिलेकै सिट जोगाउन नसक्ने निश्कर्ष सुनाए ।
प्रकाशित मिति: १४ असार २०८१, बिहिबार
प्रतिक्रिया