काठमाडौँ । टी–२० विश्वकपको उपाधि जितेसँगै भारतीय क्रिकेट टोलीका स्टार ब्याट्सम्यान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रियबाट संन्यासको घोषणा गरेका छन् । फाइनल खेलमा कोहलीले भारतको जितमा नायकको भूमिका खेलेका थिए । उनी प्लेयर अफ द म्याच घोषित भए ।

यसअघि विश्वकपका ७ खेलमा उनको कुल स्कोर ७५ रन थियो । फाइनलमा उनी एक्लैले ७६ रनको इनिङ्स खेलेका थिए ।

‘यो मेरो अन्तिम टी-२० विश्वकप थियो र हामीले हासिल गर्न चाहेको यही थियो,‘ कोहलीले प्लेयर अफ द म्याचको अवार्ड जितेपछि भने, ’अब नयाँ पुस्ताले जिम्मा लिनेछ ।’

प्रकाशित मिति: १७ असार २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com