काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई पश्चगमनतर्फ धकेल्न डरलाग्दो षड्यन्त्र भएको बताएका छन् ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा उनले कांग्रेस र एमालेले मुलुकलाई ०४७ कै अवस्थामा धकेल्ने प्रयास गरेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्ने बताएका हुन् ।
‘संविधानलाई नै डिरेल गर्ने हिसाबले कोसिस भइराखेको छ । भ्रष्टाचारको फाइल खोलेपछि कांग्रेस–एमालेमा त्रास देखियो । माओवादी जनयुद्धले ल्याएका उपलब्धि, सङ्घीयता, समावेशी सहभागिता, संविधान उल्ट्याएर मुलुकलाई पुरानै अवस्थामा धकेल्ने षड्यन्त्र भइरहेको छ । यसको सशक्त प्रतिवाद गर्नुपर्छ’, प्रचण्डले भने ।
बैठकमा उनले एमाले अध्यक्ष केपी ओलीले दोहोरो भूमिका खेलेकोमा पनि बताए ।
प्रकाशित मिति: १९ असार २०८१, मंगलबार
प्रतिक्रिया