काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न प्रधानमन्त्री कार्यालय पुगेका छन्।

नेपाली काँग्रेस र नेकपा एमालेबिच सत्ता सहकार्यमा सहमति भएपछि गृहमन्त्री लामिछाने प्रधानमन्त्री भेट्न मंगलबार प्रधानमन्त्री कार्यालय पुगेका हुन् ।

गृहमन्त्री लामिछाने सांसद स्वर्णिम वाग्लेसहित प्रधानमन्त्री कार्यालय गएका हुन् । त्यसअघि उनले पार्टीका केही नेतासँग गृह मन्त्रालयमा छलफल गरेका थिए ।

यसअघि बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठकले नयाँ गठबन्धनको सरकार बन्ने प्रक्रिया सुरु हुने बित्तिकै सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

प्रकाशित मिति: १९ असार २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com