काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको मूल नेतृत्वसँग असन्तुष्ट जनाउँदै आएका महामन्त्री मुकुल ढकालले आजको केन्द्रीय समिति बैठकमा आफूले प्रस्ताव पेस गर्नै नपाएको बताएका छन्।

बैठकमा बोल्न पाउनुपर्ने, पार्टी बैठक लाइभ हुनुपर्ने मागसहित मुखमा कालो टेप लगाएर उपस्थित भएपछि आफूलाई प्रस्ताव पेस गर्न नदिएको उनको आरोप छ। मंगलबारमात्रै रास्वपाको सचिवालय बैठकले महामन्त्रीलाई ढकाललाई प्रस्ताव पेस गर्न दिने निर्णय गरेको थियो। तर बुधबार उनको उपस्थितिसँगैको गतिविधिले उनलाई बैठकमा प्रस्ताव पेस गर्न रोकिएको रास्वपाका ‍नेताहरू बताउँछन्।

देशभर पार्टीको अवस्था बुझेर समीक्षा प्रतिवेदन तयार पारेको र सोही प्रतिवेदनमा आफूले आजको बैठकमा पेस गर्ने प्रस्ताव तयार पारेको ढकालको दाबी छ।

यस्ता छन् उनले प्रस्तुत गर्न नपाएको भनेको प्रस्ताव 

प्रकाशित मिति: २० असार २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com