चितवन । भरतपुर महानगरपालिकाको मतगणना स्थलमा कार्पेट ओछ्याउने सहमति भएको छ। मतगणनास्थलमा कुर्सी राख्ने कि बेञ्च राख्ने विषयमा नेकपा एमाले र गठबन्धन दलबीच भएका विवादका कारण मतगणना ढिलाई भएको हो।

मतगणनास्थलमा गठबन्धन दलले कुर्सी राखेको थियो त्यसको एमालेले विरोध गरेर त्यसको सट्टामा बेञ्च राख्न आग्रह गरेको थियो । तर मुख्य निर्वाचन अधिकृत प्रकाश अधिकारीले बेञ्च राख्दासमेत गणनामा अप्ठेरो हुने भनेपछि एमाले र गठबन्धन दल कार्पेट ओछ्याउनेमा सहमत भएका हुन् । मतगणना स्थलमा कार्पेट ओछ्याइसकेपछि मतगणना सुरु हुने छ । केहिबेरपछि गणना सुरु हुने तयारीमा गणकहरु जुटेका छन्।

प्रकाशित मिति: ३१ बैशाख २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com