काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले ‘ए’ ग्रेडमा रहने गरी केन्द्रीय सम्झौतामा अनुबन्धन गर्ने भएको छ। बिहीबार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले १ जुलाईदेखि ३१ डिसेम्बरसम्मका लागि सन्दीपलाई केन्द्रीय सम्झौतामा अनुबन्धन गर्ने निर्णय गरेको हो। यससँगै उनले अब मासिक एक लाख तलब पाउने भएका छन् ।

क्यानको निर्णयमा भनिएको छ, ‘राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा १०० विकेट लिन सफल भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै निजलाई यही जुलाई १, २०२४ देखि डिसेम्बर ३१, २०२४ सम्म ए ग्रेडमा रहने गरी केन्द्रीय सम्झौतामा अनुबन्धन गर्ने निर्णय गरियो ।’

क्यानले गत फागुनमा केन्द्रीय सम्झौताअन्तर्गत पुरुष र महिला खेलाडीलाई ए, बी, सी, डी र इमर्जिङ गरी पाँच श्रेणीमा वर्गीकरण गरेको थियो। सोअनुसार पुरुषतर्फ ‘ए’ ग्रेडका खेलाडीले मासिक एक लाख रुपैयाँ पाउँछन्। बलात्कार मुद्दामा पक्राउ परेपछि क्यानले सन्दीपसँगको सम्झौता रद्द गरेको थियो ।

प्रकाशित मिति: २३ असार २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com