काठमाडौं । काठमाडौं महानगरपालिकाले मनोरञ्जन कर बुझाउन ताकेता गरेको छ।

महानगरपालिकाले आज एक सूचना जारी गर्दै डान्सबार/दोहोरी साँझ/नाइट क्लबहरूलाई ३५ दिनभित्र मनोरञ्जन कर बुझाउन भनेको छ।

बागमती प्रदेशको प्रदेश आर्थिक ऐन, २०८० ले तोकेको दररेटमा रहेर मनोरञ्जन कर बुझाउन पटकपटक लिखित, फोन तथा मौखिक जानकारी गरिएपनि कर बुझाउन बेवास्ता गरेको भन्दै महानगरले सूचना जारी गरेको हो।

महानगरले कर नबुझाएमा आर्थिक ऐन, २०८० को दफा २१ बमोजिम कारबाही गरिने पनि चेतावनी दिएको छ।

यी हुन् मनोरञ्जन कर नबुझाउने डान्सबार/दोहोरी साँझ/नाइट क्लबहरूः

प्रकाशित मिति: २६ असार २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com