काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका निष्कासित महामन्त्री मुकुल ढकालले पार्टी उपसभापति एवं श्रममन्त्री डीपी अर्यालले पार्टीलाई दिएको पैसा सिधै आफ्नो खल्तीमा राख्ने गरेको आरोप लगाएका छन् ।

पार्टी महामन्त्रीबाट निष्कासित भएपछि बुधबार पत्रकार सम्मेलन गर्दै ढकालले रास्वपाभित्र ठूला आर्थिक अपारदर्शिता रहेको उल्लेख गरे। ‘डीपी अर्यालले साथीहरूले दिएको पैसा पार्टीलाई नदिइकन सिधै आफ्नो खल्तीमा राख्नुभएको छ, ‘ढकालले भने, ‘दुई साताअघि पनि त्यस्तो भएको छ।

कानुनअनुसार पार्टीले ऋण लिन नपाउने प्रावधान रहेको भन्दै आफूले सम्झाउँदा पनि अर्यालले पार्टीको ऋणको नाममा पैसा कारोबार गर्ने गरेको ढकालको आरोप छ । ‘आर्थिक पारदर्शिताको कुरा गरिएको छ । आर्थिक हिसाबकिताब क्लियर गर्नुपर्छ । ‘डीपी अर्यालले साथीहरूले दिएको पैसा पार्टीलाई नदिइकन सिधै आफ्नो खल्तीमा राख्नुभएको छ, ‘ढकालले भने, ‘ऋण भन्दै दुई साताअघि पनि त्यस्तो गर्नुभएको छ ।’

उनले पार्टीसँग रसिदबिना कारोबार नगर्न अनुरोध गरेका छन् । ‘आर्थिक हिसाबकिताब पारदर्शी हुनुपर्छ । को व्यक्तिले कति पैसा दियो ? सामान किनबेचबाट कति प्राप्त भयो क्लियर हुनुपर्छ, ’ढकालले भने ।

प्रकाशित मिति: २७ असार २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com