हुम्ला । हुम्लाको चंखेली गाउँपालिका २ मा गठबन्धनले पुन: मतदानको माग गरेका छन् । स्वतन्त्र उम्मेदवारले धाँधली गरेर मतदातालाई मत हाल्नबाट बञ्चित गरेको भन्दै गठबन्धन दलहरुले निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनसँग माग गरेका हुन् ।

संघीय सांसद छक्कबहादुर लामासहित गठबन्धन दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पुनः मतदानको माग गरेका हुन् । ९ सय ३ मतदाता रहेको महादेव मावि मतदान केन्द्रमा ३ सय ९० मतमात्र खसेको थियो ।

सांसद लामाले यही मत संख्याबाट धाँधली भएको आरोप लगाए । उनले मतदातालाई मतदान गर्ने अधिकारबाट वञ्चित गर्ने अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार शाहीलाई कारबाही गर्न र १५ प्रतिशतभन्दा बढी मतदाताले मत खसाल्न नपाएकाले पुनः मतदान गर्न माग राखेको बताए ।

शुक्रबार बेलुका गठबन्धन दलका अध्यक्ष पदका साझा उम्मेदवार गोविन्द शाहीले धेरै मतदाता मतदान गर्न वञ्चित भएकाले मतदान केन्द्रको मतदान कार्य रद्ध गर्न निर्वाचन अधिकृतको कार्यालय निवेदन पेस गरिसकेका छन् ।

 

प्रकाशित मिति: ३१ बैशाख २०७९, शनिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com