काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता लिएको छ। राप्रपाका मेयर उम्मेदवार रमेश नापितले ३७०३ मतसहित अग्रता लिएका छन्। नापितलाई एकीकृत समाजवादीका लक्ष्मीप्रसाद श्रेष्ठले ३४८५ मत ल्याएर पछ्याइरहेका छन्।

यस्तै, नेकपा एमालेका कृष्णलाल बजगाईंले ३१०६ र माओवादी केन्द्रका मधु केसीले २०८५ मत ल्याएकी छन्।
उपमेयरमा भने कांग्रेसकी समिता श्रेष्ठले अग्रता लिएकी छन्। उनले ५५३४ मत प्राप्त गरेकी छन्। उनलाई राप्रपाका विजयकुमारी वाइवाले २५४२ मत ल्याएर पछ्याइरहेकी छन्।

तेस्रोमा एमालेकी लक्ष्मी केसी र चौथोमा माओवादी केन्द्रकी चण्डिका चौलागाईं छन्। केसीको २३४० र चौलागाईंले २१३२ मत ल्याएकी छन्। शंखरापुरमा नेपाली कांग्रेस र एकीकृत समाजवादीबीच चुनावी तालमेल रहेको छ।

यसअघिको निर्वाचनमा नेपका एमालेका सुवर्ण श्रेष्ठ विजयी भएका थिए। उपमेयरमा पनि एमालेकै शुक्रलक्ष्मी श्रेष्ठ विजयी भएकी थिइन्।

प्रकाशित मिति: ३ जेष्ठ २०७९, मंगलबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com