काठमाडौं । असोजको २४ गते फूलपातीको दिनबाट रिलिजमा आउन लागेको फिल्म ‘छक्का पन्जा ५’को पहिलो गीत ‘बिहे भाको छैन’ सार्वजनिक भएको छ।

प्रेम भावले भरिएको यस गीत लोक शैलीमा तयार पारिएको छ । बेनिशा पौडेल र सविन सुवेदीको स्वर रहेको यस गीतमा दीपकराज गिरी र दीपक शर्माको शब्द, दीपक शर्माको संगीत रहेको छ भने सुनिल क्षेत्रीले कोरियोग्राफी गरेका छन। गीतको भिडियोमा फिल्मका मुख्य दुई कलाकारहरू दीपकराज गिरी र वर्षा सिवाकोटीलाई फिचरिङ गरिएको छ।

दीपाश्री निरौलाको निर्देशनमा तयार भएको यस फिल्ममा दीपकराज गिरीको पटकथा, दीपकराज गिरी, केदार प्रसाद घिमिरे र दिलीप तामाङको कथा, पटकथा र संवाद छ । फिल्ममा रोशन श्रेष्ठको एक्सन, विपिन मल्लको सम्पादन, हरि हुमागाँइको छायांकन छ । यो गीतले फिल्मको केही कथा भन्न खोजेको छ । एक राजा र एक रानीको कथालाई फिल्ममा देखाइएको आभाष गीतबाट गर्न सकिन्छ । यो फिल्मले बक्स अफिसमा धुम मच्चाउने अपेक्षा गरिएको छ भने गीतले दर्शकको मन जितिरहेको छ ।

प्रकाशित मिति: २८ श्रावण २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com