काठमाडौं । भक्तपुरको गट्ठाघरमा ट्रकले ठक्कर दिँदा मृत्यु हुने स्कुटर चालकको सीसीटीभी फोटो बाहिरीएको छ। दुर्घटनामा मारिएका स्कुटर चालक महिला नभएर पुरुष भएको प्रहरीले जानकारी दिएको छ ।

मृतक करिब ४०–४५ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले जानकारी दिए । स्कुटर चालकको साथमा उत्तम कोइरालाको ब्लुबुक फेला परेको छ । स्कुटर चालक उनी नै हुनसक्ने अनुमान छ, तर सनाखत हुन सकेको छैन ।

दुर्घटनापछि स्थानिय र प्रहरीले मृतक महिला भएको दाबी गरेका थिए । मृतक महिला भन्दै प्रहरीले महिलाको नाम समेत सार्वजनिक गरेको थियो। तर प्रहरीले जुन नाम सार्वजनिक गर्यो ती महिला नै प्रहरीको सम्पर्कमा पुगेकी थिइन ।

प्रकाशित मिति: ३२ श्रावण २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com