काठमाडौं । सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले व्यवसाय विस्तार गर्न नसकी निरन्तर घाटामा गएपछि निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको कार्य क्षमतामा प्रश्न उठेको छ।

निगमलाई व्यावसायिक रूपमा सञ्चालन गरी नाफामा लैजानुपर्नेमा निरन्तर घाटामा गएपछि अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको हो।

निगमले लिएको ऋणको सावाँ ब्याजसमेत तिर्न नसकी ऋण ५१ अर्ब २६ करोड पुगेको छ। समयमै सावाँ व्याज भुक्तानी नहुँदा निगमलाई थप वित्तीय दायित्व सिर्जना हुनुमा अधिकारी जिम्मेवार रहेको मन्त्रालयको निष्कर्ष छ।

पटकपटक विवादमा आएका निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई सरकारले सात दिने स्पष्टीकरण सोधेको छ। अधिकारीबाट निगम सञ्चालन हुन नसक्ने ठहर गर्दै मन्त्रालयले महाप्रबन्धक पठाउने विषयमा छलफल सुरु गरेको छ।

स्रोतका अनुसार यस विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पनि छलफल गरेका छन्। अधिकारीलाई हटाए अदालतबाट पुनःस्थापित हुने भएपछि मन्त्रालयले अधिकार कटौती गरेर महाप्रबन्धक पठाउने तयारी गरेको हो।

मन्त्रालयले वायु सेवा निगमको नेतृत्व कुशलतापूर्वक गर्न अधिकारीले नसक्दा पटक पटक क्षति व्यहोर्नु परेको, निगमलाई नोक्सानी पु¥याएको भन्दै स्पष्टीकरण सोधेको हो।

प्रकाशित मिति: १४ भाद्र २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com